Home About US Our Aim History News Photo Gallery Videos Guest Book Contact Us  
 
 
Share |
एघारौँ सागको उदघाटन आज
नवीन अर्याल, ढाका, माघ १५- दक्षिण एसियाको प्रतिष्ठित खेलमेला दक्षिण एसियाली खेलकुद (साग) प्रतियोगिताको एघारौं संस्करण शुक्रबार बंगबन्धु रंगशालामा सुरु हुँदैछ।
प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भइसकेको आयोजक बंगलादेश ओलम्पिक कमिटीले बिहीबार आफ्नै कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा जानकारी दिएको छ।

'हामी एघारौं सागलाई भव्य र सफल बनाउन पूर्ण रूपले तयार छौं,' पत्रकार सम्मेलनमा आयोजक समितिका कार्यकारी महासचिव कुट्टु बुदिन अहमदले भने।' क्षेत्रीय सद्भाव र आपसी भाइचाराको नारासहित आयोजना हुन लागेको एघारौं सागको उद्घाटन बंगलादेशी प्रधानमन्त्री शेख हसिना वाजेदले भब्य कार्यक्रमका बीच गर्ने तय भइसकेको छ। उद्घाटन सत्रलाई सफल बनाउन डेमोनस्ट्रेसनमा मात्र १६ हजार स्कुले केटाकेटीलाई संलग्न गरिएको छ। करिब १ हजार सुरक्षाकर्मीले शुक्रबार हुने करिब ५ घन्टा लामो उद्घाटन समारोहमा बंगबन्धु रंगशालालाई सुरक्षाकवचमा घेर्नेछन्।

राष्ट्रिय स्वाधिनतालाई बढी महŒव दिएको यस सागमा बंगलादेशले सन् १९७१ मा देशलाई स्वतन्त्र बनाउन बलिदान दिने सात सहिदलगायत राष्ट्रपिता शेख मुजिबुर रहमानलाई विशेष रूपले याद गर्नेछ।

उद्घाटन सत्रको सबैभन्दा महत्वपूर्ण पक्षको रूपमा कोरियाली टेक्नोलोजीको प्रर्दशनलाई हेरिएको छ। बिहीबार उद्घाटनको अन्तिम ग्रान्ड रिहर्सलमा केही आतिसबाजीसहित लाइट इफेक्ट प्रर्दशन गरेका कोरियाली प्रर्दशनलाई सबैले सराहना गरेका थिए। यो ग्रान्ड रिहर्सलको प्रर्दशनीमा बंगलादेशका भिआइपी र भिभिआइपीलाई मात्र निम्तो दिइएको थियो। 'यो वास्तवमै अद्भूत थियो,' बंगलादेशी पौडी संघका व्यवस्थापक बिपुले भने। तेस्रो पल्ट आयोजना गर्न लागेको सागको एघारौं संस्करणलाई स्मरणीय बनाउन उद्घाटन र समापनमै मात्र ४० करोड टाँका खर्चिन लागेको आयोजक समितिले जानकारी दिएको छ। एघारौं सागमा २३ खेल समावेश छन्। माघ २६ मा सकिने यस खेलकुदमा आयोजक बंगलादेश, नेपाल, भारत, पाकिस्तान, अफगानिस्तान, माल्दिभ्स, श्रीलका र भुटान गरी ८ देश समावेश छन्।


Source:
http://www.nagariknews.com/sports/international-sports/9712-2010-01-28-23-51-31.html

Published On: 28-Jan-2010
 
Pages:  1
 
 
 
 
 
 
 
 
 
Home  |  About Us  |  Our Aim  |  History  |  News  |  Photo Gallery  |  Guest Book  |  Contact Us
© Copyright in 2010. Allright Reserved by Diki Archery Pvt. Ltd.Specialist in Archery and Precision sporting equipment
Diki Archery Pvt. Ltd., Reg. No. 35298/02/053, GPO 8975, EPC 1120, Lalitpur, Nepal
Tel: +977-9856024625, 9851083646, Email: dikiarchery@yahoo.com
This site has been visited 207 times.